गोदावरी नपाद्वारा आकस्मिक कोष स्थापना, सबैलाई सहयोग गर्न अपिल

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको गोदावरी नगरपालिकाले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै आकस्मिक कोष खडा गरेको छ । नगरपालिकाले भाइरसको जोखिम न्यूनिकरण गरी नगरबासीहरुको हितको लागिध्यानमा राखी आकस्मिक कोष खडा गरिएको नगर प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।

नगरपालिकाले ५१ लाख रुपियाँ राखी बुधबार उक्त कोषको खडा गरेको हो । नगरले उक्त कोषमा सहयोग गर्न इच्छुक संघ–संस्था, व्यवसायी, बुद्धिजिबी, सहकार लगायतसँग अपिल गरेको छ ।