गैरकानूनी थुनामा रहेका दुईलाई रिहा गर्न सर्वोच्चको आदेश

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गैरकानूनी रुपमा थुनामा राखेको उल्लेख गर्दै बुधबार सर्वोच्च अदालतले दुई जनालाई रिहा गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीशहरु टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ती दुईजनालाई रिहा गर्न आदेश दिएको हो । रिहा हुन आदेश पाएकाहरुमा धिरिन्द्राकुमारी उपाध्याय र नवीन विश्वकर्मा रहेका सर्वोच्च अदालतबाट थाहा भएको छ ।

ती दुईलाई गैरकानूनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै यही चैत ९ गते बन्दीप्रत्यक्षीकरणको दुई छुट्टाछुट्टै रिट निवेदन दायर गरिएको थियो ।

उपाध्यायलाई महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखिएको थियो भने विश्वकर्मालाई ललितपुरमा राखिएको थियो । उनीहरुलाई रिहा गर्न आदेश दिएपछि मुक्त गर्नको लागि प्रकृया भइरहेको बताइएको छ ।