प्यूठानमा मोबाइलबाटै मोटरको स्वीच अन र अफ गर्ने प्रविधिको आविष्कार

0
Shares

सलिम अन्सारी, प्यूठान ।

जिल्लामा मोबाईल डिभाईसबाटै मोटर सुचारु र बन्द गर्न सकिने प्रविधीको आबिस्कार भएको छ।

प्यूठान नगरपालिका १ भलावाङका ३१ वर्षीय याम बहादुर थापाले घरमै बसेर मोबाईल डिभाईसको सहायताले लिफ्ट खानेपानी तथा सिंचाई योजनाको मोटरको स्विच अन अफ गर्ने प्रविधिको सफल परिक्षण गर्नुभएको हो। उहाले एक वर्षको मेहनत पछि मोवाईल डिभाइसको माध्यमबाट घरमै बसेर मोटर चलाउन र बन्द गर्न सकिने प्रविधिको विकास गरेको बताउनुभयो ।

‘मोटर सुचारु गर्न मोबाइलमा २ वटा सिम चाहिन्छ’ थापाले भन्नुभयो,’एउटाले अन हुन्छ, अर्को नम्बरले अफु उहाले नेपालमा पहिलोपटक आफूले यस्तो प्रविधी बनाएको दावी गर्नुभयो ।‘धेरै पटक विफल भएँ, तर मनमा सक्छु भन्ने आत्म विश्वास थियो,’उहाँले भन्नुभयो, ‘एक बर्षपछि बल्ल म आफ्नो योजनामा सफल भएँ । जिल्लामा थुप्रै लिफ्ट योजना भएकाले त्यसको समस्या समाधानका लागि आफूले आविष्कार गरेको यो प्रविधिले संघाउने उहाँको विश्वास छ । अहिले भलबाङसहित माडी क्षेत्रका लामाचौर, तापा, स्वाउलाबारी गरी चार स्थानका लिफ्ट एबं बृहत खानेपानीमा यस्को सफल प्रयोग भईरहेको छ।

उक्त प्रविधिले लिफ्टको मोटर चलाउँदा बत्तिको समस्याले हैरान भएका उपभोक्ताले राहत महशुस गरेका छन् ।स्थानिय भक्त बहादुर थापाले मोबाईल डिभाईसबाटै मोटर चलाउन सकिने भएकाले सजिलो भएको बताउनुभयो । पहिला मोटर चलाउन माडि किनारमा आउजाउ गर्नुपर्थ्यो, कहिले लाईन हुन्थेन कहिले घरमा नआईपुग्दै पानी सुक्थ्यो। उहाले भन्नुभयो, ‘मोबाईल डिभाईसले घरबाटै मोटर चलेको छ,अब त झन्झटै सकियो नि ।’

२०६५ सालमा माण्डबी माबी नयाँ गाउँबाट एसएलसी सकाएका थापाले साउदी अरबमा दुई बर्ष रोजगारी गरेर घर फर्केपछी मात्र यस्तो प्रबिधीमा हात हाल्नुभएको हो । याम बहादुरले यसअघि १ लाख ५० हजारको लागतमा प्यारामोटर समेत आबिस्कार गर्नुभएको थियो ।