नेपालमा तेस्रो व्यक्तिमा पनि कोरोना संक्रमण भेटिएको पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा एक अर्का व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । यो संगै संक्रमित बिरामीको संख्या तीन पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरे । कोरोना संक्रमण फैलिन सक्ने भन्दै सरकारले मंगलबारदेखि नेपाल लक डाउन गर्ने निर्णय गरेको थियो ।

यसअघि चीन र फ्रान्सबाट फर्किएका विद्यार्थीमा कोरोनभाइरसको संक्रमण देखिएको थियो । चीनबाट आएका संक्रमित निको भएर घर फर्किसकेका छन् भने फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवतीको अस्पतालमा उपचार भइरहेको छ ।