भारत पूर्णत: प्रतिरक्षाको अवस्थामा, सिंगो देश २१ दिनसम्म लकडाउन घोषणा

0
Shares

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनसम्म सिंगो देश लकडाउन गर्ने घोषणा गरेका छन् ।

मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै मोदीले सो घोषणा गरेका हुन् ।

विश्वभर माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न भारतीय सरकारले सो घोषणा गरेको हो । मंगलबार राती १२ बजेबाट लकडाउन सुरु हुने मोदी जनाएका छन् ।