झापामा लकडाउन अवज्ञा गर्ने १ सय ८० सवारी साधन प्रहरी नियन्त्रणमा

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

झापामा १ सय ८० वटा सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारले लागू गरेको लकडाउनलाई अवज्ञा गरेको भन्दै जिल्लाका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जबेगुले जानकारी दिनुभयो ।

सडकमा खटिएका प्रहरीले सवारी साधन नियन्त्रणमा लिइएको उहाँले जनाकारी दिनुभयो । प्रहरीले १ सय वटा मोटरसाइकल, ६० वटा इ–रिक्सासहित टेम्पो र २० वटा कार नियन्त्रणमा लिइएको उहाँले बताउँनुभयो । नियन्त्रणमा लिइएका सवारी साधन धनीलाइ सम्झाएर छाडिएको प्रहरीको भनाइ छ । सडकमा आएका धेरै मानिसलाई सम्झाएर घर पठाएको उहाँको भनाइ छ ।

मुख्य शहरमा बसेका प्रहरीले सरकारको निर्णय कार्यान्वयन गराउन लागेको छ । बिर्तामोड ,दमक,धुलाबारी ,काँकडभिट्टा ,भद्रपुर,लगायतका क्षेत्रमा माइकिङ तथा प्रहरी आफै सडकमा आएर सबैलाई घर भित्र बस्न आग्रह गरेको छ । यस्तै गाउँमा भने सर्बसाधारण हरु खेतबारीमा ब्यस्त देखिएक छन् । यो बेला किसानले लगाएको विभिन्न बालीमा काम गर्ने किसान प्रसस्त देखिएका छन् ।