दादुरा रुबेला खोप अभियान स्थगित, पहिलो चरणमा १३ हजार ६०६ बालबालिकामा लगाइयो

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे

दादुरा रुवेला खोपको राष्ट्रिय अभियान स्थगित भएको छ । कोरोना भाईरसको त्रासका कारण मुलुक लकडाउनमा गए सँगै दोश्रो चरणको अभियान स्थगित गरिएको हो ।

जिल्लामा पहिलो चरण चैत्र १० गते सकिएको छ । चैत्र २ गते अभियान जिल्लाका आठ वटा स्थानीय तहमा शुरु भएको थियो । अभियानमा ९ महिना देखी ५ वर्ष मूनीका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाईएको थियो ।

पहिलो चरणमा भुम्लु गाउँपालिका, चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका र रोशी गाउँपालिका, मण्डनदेउपुर, धुलिखेल र नमोबुद्ध नगरपालिकामा संचालन भएको थियो । १८ हजार ५ सय ९३ बालबाकिलाहरुलाई पहिलो चरणको अभियानमा खोप लगाउने लक्ष्य अनुसार स्वास्थ्य कार्यालय काभ्रेले १३ हजार ६ सय ६ जनालाई खोप लगाई ७३.१७ प्रतिशत सफलता प्राप्त गरेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । कोरोना भाईरसको त्रासका बाबजुत पनि पहिलो चरणमा सक्रिय सहभागिता रहेको झाले बताउनु भयो ।

धुलिखेल नगरपालिकामा २ हजार ४ सय ५१, नमोबुद्ध नगरपालिकामा १ हजार ८ सय ३०, पाँचखाल नगरपालिकामा २ हजार ६ सय २६, मण्डनदेउपुर नगरपालिकामा २ हजार २ सय ८१, रोशी गाउँपालिकामा १ हजार ६ सय ६१, भुम्लु गाउँपालिकामा ९ सय ७४, चौरीदेउराली गाउँपालिकामा ७ सय ४५ र तेमाल गाउँपालिकामा १ हजार ३८ जनाले उक्त खोप लगाएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र झाले बताउनु भयो । प्रतिशतका हिसावले सबै भन्दा धेरै मण्डनदेउपुर नगरपालिकामा ९२.४६ प्रतिशत बालबालिकाहरुले खोप लगाएका छन् भने पाँचखाल नगरपालिकामा ८५ प्रतिशत बालबालिकाहरुले खोप लगाएका छन् । सबै भन्दा कम रोशी गाउँपालिकामा ६० प्रतिशत, तेमाल गाउँपालिकामा ६१ प्रतिशत बालबाकिलाहरुले खोप लगाएका छन् ।

दोश्रो चरणमा बनेपा र पनौती नगरपालिका, बेथान्चोक, खानीखोला र महाभारत गाउँपालिकाकामा उक्त अभियान संचालन हुनेछ । दोश्रो चरणका सबै तयारी पुरा भएका थिए । जिल्लामा यो समुहमा ३१ हजार ९ सय ७२ बालबालिका छन् । बालबाकिलाहरुका लागि जिल्लामा ९ सय ६२ खोप केन्द्र तय भएका थिए भने १ हजार ९ सय २४ स्वयंसेवीका र १ हजार ८७ जना खोप कार्यकर्ता परिचालन गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

राष्ट्रिय अभियानहरु पहिलो २००४, दोश्रो २००८, तेश्रो २०१२, चौथौ २०१६ मा आयोजना गरिएको थियो । हरेक चार चार वर्षमा गरिने यो अन्तिम चरणको खोप कार्यक्रम हो । यो खोप लगाउने बालबालिकाहरुलाई उक्त रोगको अलावा झाडापखाला र विफरका रोगबाट समेत बालबालिकाहरुलाई बचाउन सकिन्छ । २०२३ भित्र नेपाललाई पोलियो र दादुरा रुवेला उल्मुलन गरिसक्ने लक्ष्य अनुसार कोहि बालबाकिलाहरुलाई नछुटाई उक्त खोप लगाउने अभियान शुरु गरिएको हो ।