पर्वतको कुस्मामा भेन्टिलेटरसहित १५ शैयाको कोरोना अस्थायी अस्पताल निर्माण

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

कोरोना(केभिड १९)को  उपचारका लागि पर्वतको कुस्मामा भेन्टिलेटरको सुबिधा सहित १५ शैयाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।

कुश्मा नगरपालिका, पर्वत अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सवै पालिकाहरुको सहयोगमा गुप्तेश्वर क्याम्पसमा कुश्मामा तयार गरिएको हो ।

कोरोनाको आशंका गरिएका विरामी आएमा उनीहरुको उपचार सोही अस्पतालबाट हुनेछ । अस्पतालमा भेन्टिलेटर सहितको सेवा प्रदान गर्ने तयारी गरिएको छ । ‘अक्सिजन र विरामीको उपचारका लागि आवश्यक इक्युमेटहरुको खरिद प्रक्रिया शुरु भईसकेको छ ।’  पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशीर देबकोटाले बताउनुभयो । बजारमा भेन्टिलेटरको अभाब भएका कारण राष्ट्रियसभाका  अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकोे पहलमा यसको ब्यबस्थापन भएको पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीले सोहि अस्पतालमा बसेर विरामीहरुको उपचार गर्नेछन । त्यसका लागि डाक्टर र स्वास्थ्यकर्मीको लागि भान्सा घर समेत तयार गरिएको छ ।

अस्पतालमा विरामीका लागि छुट्टै भान्साको ब्यवस्थापन हुनेछ । आइसियूमा राख्नपर्ने बाहेकका सवै विरामीको उपचार सोही अस्पतालबाट गरिने भएको छ । विरामीको एक्सरेका लागि नीजि क्लिनिक र जिल्ला अस्पतालको एक्सरे प्रयोग हुनेछ । कोरोनाको ल्याव परिक्षणका लागि नमुना संकलन गरी काठमाण्डांैं पठाउनका लागि एउटा गाडी तयारी अवस्थामा राखिएको छ ।

अस्पतालका लागि तत्काल आबश्यक ५० लाख रुपैया पर्वतका सात वटै स्थानिय तहबाट  जुटाउने निर्णय जिल्ला बिपद् ब्यबस्थापन समितिको बैठकले गरेको छ । अन्य स्थानिय तहले रकम दिन आनकानी गरेमा कुस्मा नगरपालिकाले नै सबै खर्च बेहोर्ने नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । ‘यो बिपद्को समय भएकाले बिकास निर्माण भन्दा जीवन बचाउनु पहिलो दायित्व हो’ उहाँले भन्नुभयो‘सबै स्थानिय तहले सहकार्य गर्ने प्रतिबद्धता भएको छ , सहयोग नभए सबै खर्च कुस्मा नगरपालिकाले नै ब्यर्होछ’

उपचारका लागि स्वास्थ्यकर्मी तयारी अवस्थामा

कोभिड १९ नामक रोगको उपचार गर्नका लागि उच्च मनोबलका साथ पर्वतका स्वास्थ्यकर्मीहरु तैनाथी अवस्थामा रहेको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले बताउनुभयो ।

डा. देवकोटाले पर्वत जिल्लामा १४ जना विशेषज्ञ डाक्टर कोरोनाको उपचारका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।  पर्वत अस्पतालमा १२ जना र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा १र१ जना विशेषज्ञ डाक्टर तयारी अवस्थामा बसीरहेको जानकारी दिनुभयो । जिल्लामा ठुलिपोखरी प्राथमिक स्वास्थ्य केन्द्र र लुंख प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन ।

सरकारले उपलब्ध गराउनुपर्ने ब्यक्तिगत सुरक्षाका सामाग्रीहरुको अभाव रहेका कारण उपचारमा केही समस्या देखिए पनि सवै स्वास्थ्यकर्मी उच्च मनोबलका साथ उपचारमा सग्लन्न हुने डा. देवकोटाले प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले ब्यक्तिगत सुरक्षाका सामाग्रीहरु हालसम्म पनि सरकारबाट भने प्राप्त नभएको पनि अस्थायी रुपमा ब्यबस्थापन काम भैरहेको छ । कतिपय डाक्टर र स्वास्थ्यकर्मीलाई घर फर्कन दवाब छ, तर हामी मैदान छाडेर भाग्ने अवस्थामा छैनौं ।’ डा. देवकोटाले भन्नुभयो–‘क्षमताले सकेसम्मको स्वास्थ्य सेवा प्रदान गछौं’

जिल्ला भरका एम्बुलेन्सलाई हाइहर्डटमा राखिएको डा. देवकोटाले जानकारी दिनुभयो ।  विरामीको उपचार गर्न कुनै कसर आफूहरुले बाँकी नराख्ने तर, सम्भावित जोखिम कम गर्न कोहि पनि घरबाहिर केहि दिनसम्म ननिस्कन देवकोटाले आग्रह गर्नुभयो । अस्थायी अस्पतालको सञ्चालनका लागि कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समितिको समेत गठन गरिएको छ ।