प्रहरीका असई र पत्रकार नै हिरा लुट्न मकवानपुर पुगेपछि

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

हिरा लुट्न मकवानपुर पुगेको प्रहरी र पत्रकारको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त दरवारमार्गमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, प्रहरी जवानद्वय हेमकान्त मगर र वीरबहादुर बस्नेत तथा पत्रकार सुजन आचार्य र अर्का एकजनालाई इलाका प्रहरी कार्यालय पालुङको टोलीले पक्राउ गरेको हो ।

एक महिलासँग हिरा किन्ने भन्दै उनीहरु मकवानपुर पुगेका थिए । हिरा आफ्नो हातमा परेपछि उनीहरुले उक्त महिलालाई धम्काउदै त्यहाँबाट फरार भएका थिए । उनीहरुलाई जागीरबाट हटाउनुका साथसाथै कारवाही समेत गरिने प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।