नेपालमा पनि कोरोना संक्रमित भेटिएको पुष्टि

94
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालमा पनि एक जना कोरोना संक्रमित बिरामी भेटिएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार आयोजीत पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् । ढकालका अनुसार फ्रान्सबाट कतारको दोहा हुँदै गत मंगलबार नेपाल आइपुगेकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण भेटिएको हो ।

उनको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार हुँदै छ । कोरोना आशंकामा अस्पताल भर्ना गरिएकी उनलाई पष्टि भएपछि आइसोलेसनमा राखेर उपचार भइरहेको ढकालले जनाएका छन् ।

यस्तै, उनीसँग भेटघाट भएका व्यक्तिहरुलाई पनि निगरानीमा राखिएको बताइएको छ।