जाजरकोटको शान्तिचौतारा बसपार्कमा हेल्थ डेस्क स्थापना

0
Shares

बासुदेव शर्मा, जाजरकोट ।

नेपाली सेनाको व्यारेक ज्वाला दल गण जाजरकोट र भेरी नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको चेक जाँचका लागी सदरमुकाम खलंगा भित्रिने मुख्य नाका शान्तिचौतारा बसपार्कमा हेल्थ डेस्क स्थापना गरेको छ ।

नेपालगंज, सुर्खेत र काठमाण्डौबाट जाजरकोट सदरमुकाम भित्रिने गाडीका यात्रुहरुलाई कोरोना भाईरसको संक्रमण चेकजाँच गर्न नेपाली सेनाको ज्वाला दल गण व्यारेक र भेरी नगरपालिका स्वास्थ्य शाखाले हेल्थ डेस्क स्थापना गरि यात्रुलाई चेकजाँच गरेको छ ।

शनिवार देखि स्थापना गरेको हेल्प डेस्कमा करिव १सय जना भन्दा बढी नागरिकहरुलाई चेकजाँच गरेको नेपाली सेना ज्वाला दल गण व्यारेकले जनाएको छ । विश्वमा हुने हरेक प्रकारका विपदका समयमा नेपाली सेनाले सक्रिय सहयोग गर्ने गरेको छ ।

कोरोना भाईरसको संक्रमणबाट जोगिन भेरी नगरपालिका ३ तल्लो थाप्लेको प्रगतिशिल टोल विकास संस्थाले शनिवार निशुल्क मास्क वितरण गरेको छ । समाज सुधार शान्ति युवा क्लवसगको सहकार्यमा प्रगतिशिल टोल विकास संस्थाले टोल भित्रका नागरिक लगाएत बाटोमा हिड्ने मानिसलाई निशुल्क मास्क वितरण गरेको थियो ।

विश्वभर फैलिएको कोरोना भाईरसबो संक्रमणलाई नियन्त्रण गर्न प्रगतिशिल टोल विकास संस्थाले ३ सय थान मास्क वितरण गरेको संस्थाका अध्यक्ष अमृता वलीले वताउनु भयो । टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरुवाट स्वस्फुर्त रुपमा उठाएको रकमबाट खरिद गरि वितरण गरेको हो । पिपलचौतारामा सावुन पानीले हातधुने ठाँउको व्यवस्थापन गरि यात्रुहरुलाई सावुन पानीले हातधुन लगाउने व्यवस्था गरेको अध्यक्ष वलीले वताउनु भयो ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटले कोरोना भाईरसको संक्रमण प्रतिकार्य योजनाका लागी ३० बेडको क्वारेन्टाईन स्थापन गरेको छ ।
विश्वव्यापी रुपमा संक्रमित कोरोना भाईरसको संक्रमण देखापरेको वेला संक्रमण प्रतिकार्य योजनाका लागी जिल्ला अस्पताल जाजरकोटमा ३० बेडको क्वारेन्टाईन स्थापना गरेको निमित्त व्यवस्थापक टिकाराम जैसीले वताउनु भयो ।

काठमाण्डौ, नेपालगंज र सुर्खेत हुदै जाजरकोट जिल्ला भित्रिने मुख्य नाका शिवालय गाउँपालिकाको छेडाबजार र डोल्पा जिल्लाबाट आउने यात्रुहरुलाई नलगाड नगरपालिकाको दामाचौरमा हेल्प डेस्क स्थापना गरि चेकजाँच गर्ने स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

शान्ति चौतारा बसपार्कमा स्थापना गरेको सहायता कक्ष हेल्प डेस्कमा डिजिटल थर्मोमिटरद्धारा जिल्ला भित्रिने र वाहिरीने नागरिकहरुलाई चेकजाँच लगाएत जनचेतनाको लागी प्रर्चा पम्पलेट दिने गरेको भेरी नगरपालिकाले जनाएको छ ।
कोरोना भाईरसको उच्च जोखिमका कारण जाजरकोट सदरमुकाम सुनसान वन्दै गएको छ ।