प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि अस्पताल  भर्ना हुनुभन्दा अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो ।

सो बैठकमा नेपालमा कोरोना संक्रमण भित्रिन नदिने तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरिएको थियो ।

सरकारले अत्वाश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा उच्चस्तरीय समितिले अलग अलग कार्यदलसमेत बनाइसकेको छ । आजको बैठकमा हालसम्मका कामको समीक्षा हुने बताइएको छ ।

बैठकमा कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने स्रोतले जनाएको छ ।