ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

0
Shares

काठमाडौँ । सिरहाको लहान नगरपालिका १५ मोहनपुरस्थित भित्री सडक खण्डमा ट्र्याक्टरको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स १ त ५३०० नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सिरहाको सुखिपुर घर भई लहान नगरपालिका–१५ मोहनपुरस्थित मामा घर बस्दै आएका सञ्जयकुमार महतोका सात वर्षीय छोरा स्वागतको मृत्यु भएको हो ।

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते स्वागतलाई उपचारका लागि लहानतर्फ ल्याउँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।