न्युज अफ नेपाल, नवलपरासी ।
गैडाकोट नगरपालिका १० पितौजीमा शुक्रबार राती स्थानीय एक युवकको विष सेवनबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ३२ वर्षीय धर्मराज ढकाल रहेकाछन् ।
ढकालले आफ्नै घरमा बिष सेवन गरे पछि उपचारर्थ चितवन स्थित पुरानो मेडिकल कलेज लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
प्रहरीले घटनाबारे अनुसन्धान प्रकृया अघि बढेको जनाएको छ ।











प्रतिक्रिया