विभिन्न हातहतियारसहित एक वृद्ध पक्राउ

0
Shares

घनश्याम बगाले, नवलपरासी ।

घरभित्र लुकाई छिपाई राखेको अवस्थामा विभिन्न हाततियार र गोलीसहित पूर्वी नवलपरासी प्रहरीले स्थानीय एक वृद्धलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा हुप्सेकोट २ चपाहाका ६३ वर्षीय तारा बहादुर विक रहेका छन् ।

विकको घरमा विभिन्न हातहतियार भण्डारण गरि राखेको भन्ने सूचनाका आधारमा प्हरीले खानतलासी गर्दा ति हतियारहरु फेला परेको जिप्रका पूर्वी नवलपरासीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रहरीले बरामद गरेका हातहतियारमा भरवा बन्दुक १ थान, भरुवा वन्दुकको निर्माणधिन नाल २ थान, घरेलू एयरगन १ थान, युस मेडको अटोमेटिक पेस्तोल १ थान रहेको छ। यस्तै पेस्तोलको गोली ५ राउण्ड, एसएलआर गोली २ राउण्ड, थ्रिनटथ्रीको गोली १ राउण्ड, एम सिक्सटिनको गोली १ राउण्ड, अन्य हतियार गोली २ राउण्ड र सर्टगनका खोका २ थान बरामद भएको छ ।

प्रहरीले हातहतियार मर्मतमा प्रयोग हुने कट्टा पेस्तोलका पार्ट पूर्जा लगायत घोडा, चाप समेतका बन्दुकका पार्टपूर्जा बरामद गरी विकमाथि हातहतियार तथा खरखजाना मुद्धा सहित अनुसन्धान अगाडि बढाएको जनाएको छ ।