ट्राफिक प्रहरीलाई मास्क हस्तान्तरण

0
Shares

न्युज अफ नेपाल, बुटवल । 

पश्चिम नेपाल बस ब्यवसायी प्रालिले कोरोनाको संक्रमणबाट बचाउन सहयोग होस भन्ने उदेश्यले नेपाल प्रहरीलाई मास्क बितरण गरेको छ ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल र प्रवन्ध सन्चालक पदम गाहले प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक मधुसुधन लुईटेल र ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भटराईलाई हस्तान्तरण गर्नु भयो ।

हस्तान्तरण गरेको आठ सय थान मास्क मध्ये ५ सय थान मास्क ट्राफिक प्रहरी कार्यालयलाई र तीन सय थान मास्क ईलाका प्रहरी कार्यालयलाई रहेको छ ।

दिनभर सडकमा खटनु पर्ने ट्राफिक प्रहरीलाई धुवा र धुलो मात्र होईन कोरोनाको त्रासमा बस्नु परेको अवस्था भएको र जनताको ज्युधनको सुरक्षाका लागि खटिने प्रहरीका लागि सहयोग होस भन्ने उदेश्यले बितरण गरिएको प्रालिका अध्यक्ष दधिराम खरेलले बताउनु भयो ।