घरमा बसिरहेका मोक्तानकाे छातिमा गोली प्रहार

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

अज्ञात व्यक्तिको गोली प्रहारबाट मकवानपुरको कैलाश गाउँपालिकामा एक जना घाइते भएका छन् ।

हेटौंडाबाट करिब ५५ किलोमिटर सडक र दुई घण्टा पैदलयात्राको दुरीमा पर्ने कैलाश गापा–८ को आखेटार भन्ने स्थानमा शुक्रबार विहान करिब ८ बजे घरमा बसिरहका लाले भनिने ३० वर्षीय लालबहादुर मोक्तानलाई दाहिने छातिमा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
खबर प्राप्त हुनासाथ प्रहरी चौकी भार्ताबाट प्रसनिको कमाण्ड तथा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रनिको कमाण्डमा सशस्त्र प्रहरीसमेत आवश्यक मद्धतसहित सुरक्षा टोली परिचालन भएको थियो ।

उक्त स्थान पुग्दा मोक्तानलाई छाति तथा हातमा चोट लागेर घाइते अबस्थामा फेला पारिएकोले तत्काल उद्धार गरी स्थानीय र प्रहरीको समन्वयमा उपचारका लागि मनाङ एयरको हेलिकोप्टरद्वारा काठमाडौंतर्फ पठाइएको छ । उनको घर खानतलासी गर्दा ओच्छ्यानमा गोलीका खोका भेटिएकोले यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

घाइते मोक्तानका २ पत्नी, २ छोरा र २ छोरी रहेको स्थानीयले बताएका छन् । उक्त गाउँमा २७ घरधुरीको बसोबास छ ।