प्रदेश २ मा सडक सुरक्षा सचेतना अभियान संचालन

0
Shares

सञ्जय कार्की, रौतहट ।

बढदो दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले आज देखि सडक सुरक्षा सचेतना अभियान संचालन गरेको छ ।

अभियान अन्तर्गत प्रदेश नम्बर २ भएर चल्ने सार्बजनिक सबारी साधनमा टाईम कार्ड लागु गरिनुका साथै सबारी साधनमा डस्टबिन र चालक लाई हरियो ज्याकेट बितरण गरिएको छ । तिब्र गतिमा चल्ने सबारी साधनलाई नियन्त्रण गर्न टाईम कार्ड लागु गरिएको हो । प्रदेशनम्बर २ को सप्तरी देखि पर्सा र बारा सम्ममा यो कार्यक्रम लागु भएको छ ।

प्रदेश नम्बर २ भरी चल्ने सबारी साधनले प्रति एक किलोमिटरको दुरी पार गर्न एक मिनेट ३० सेकेण्डको गति चलाउनु पर्ने भएको छ । पुर्ब पश्चिम राजमार्गमा चल्ने सबारी साधनका चालक लाई कोरना भाईरस बाट जोगाउन ट्राफिक प्रहरीले सबारी साधन रोकेर चालक लाई साबुन पानीले हात धुन लगाउनुका साथै सबारी चलाउनु पर्ने गतिको बारेमा जानकारी गराएको छ । प्रदेश नम्बर २ को ट्राफिक प्रहरी कार्यालय बाट लागु गरिएको टाईम कार्ड र जनचेतना सम्बन्धि कार्यक्रम प्रदेश नम्बर २ का ८ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्नेछन ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक हेम शाहीले चालक लाई अबिर टिका, खादा र हरियो ज्याकेट लगाईदिनुका साथै टाईम कार्ड दिएर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । सार्बजनिक सवारी साधनले टाईम कार्ड अनुसार दिइएको दुरी पार गर्नु पर्नेछ ।

टाईम कार्ड अनुसारको दूरी लाई बेवास्ता गरिएको खण्डमा त्यस्ता सबारी साधन लाई कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।