कोरोनाका बारेमा अफवाह फैलाएको भन्दै डा. दीक्षितलाई कारवाही गर्न माग

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणका बारेमा अफवाह फैलाएको भन्दै डा. सुन्दरमणि दीक्षितलाई कारवाही गर्न माग गरिएको छ ।

बिहीबार गृह मन्त्रालयमा बसेको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले दीक्षितमाथि कारवाही हुनुपर्ने माग राखेका हुन् । हालसम्म नेपालका ५१२ जनामा कोरोना संक्रमणको परीक्षण गर्दा नेगेटिभ आएको श्रेष्ठले दाबी गरेका छन् ।

श्रेष्ठले सरकारी निकायले संक्रमण नभएको तथ्य प्रस्तुत गरेपनि दीक्षितले सार्वजनिक रुपमा नेपालमा परीक्षण गर्ने किट नभएका कारण परीक्षण नै नगरी तथ्य प्रस्तुत गरिएको भन्दै जनता सामु गलत सूचना फैलाएको बताएका छन् ।

सो बैठकमा गृहमन्त्री रामबहादुर थापासहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्बाङको उपस्थिती रहेको थियो ।