धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

0
Shares

न्युज अफ नेपाल, बाग्लुङ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका९७ गाल्डुङ बस्ने ६२ वर्षीय देबिराम बिक रहेका छन् ।

मादकपदार्थ सेवन गरी देबिरामले आफ्नै ५० वर्षीया श्रीमती गौरा बिकको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । घाइते गौराको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले देबिरामलाई बुधबारपक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।