प्रभावकारी निर्णय लागू गराउन माग


काठमाडौं, (नेस) ।

नेपालमा कोरोनासम्बन्धी उच्च सतर्कता अपनाउन धेरै ढिला भइसकेको हुनाले नेपाल सरकारले यसतर्फ ठोस र प्रभावकारी निर्णयहरु गरी तुरुन्त लागू गर्न नेपाल चिकित्सक संघ जोडदार माग गरेको छ।

देशभरका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि कोरोना भाइरसको संक्रमणबाट जोखिन सम्बन्धित स्वास्थ्य संस्थाले आन्तरिक निर्देशिका तयार गरी लागू गर्न अनुरोध गरेको छ।

बिरामीको पहिलो सम्पर्कमा नै स्वास्थ्यकर्मी तथा चिकित्सकहरु रहने भएको हुनाले उनीहरुको स्वास्थ्यको सुरक्षाका लागि तालिम, उच्चस्तरिय व्यक्तिगत सुरक्षा उपकरणलगायत औजार र उपकरण तथा संक्रमणबाट जोगिन सक्ने सामग्रीहरुको उपलब्धता यथाशीघ्र गराउन नेपाल चिकित्सकले सरकारसमक्ष अनुरोध गरेको छ।

स्वास्थ्य संस्थाहरुले आफ्नो संस्थाको निर्देशिका तयार गर्नका लागि नेपाल चिकित्सक संघको वेबसाइडमा कोभिड–१९ सम्बन्धी राखिएका जानकारीहरुलाई सन्दर्भ सामग्रीका रूपमा सदुपयोग गरी निर्देशिका तयार गर्न सकिने संघले जनाएको छ।