एसईईदेखि विश्वविद्यालय तहसम्मका सबै परीक्षा स्थगित

0
Shares

ईश्वरराज ढकाल,काठमाडौं ।

सरकारले भोलीबाट हुने एसईई परीक्षा सहित सबै तहसम्मका परीक्षा स्थगित गरेका छ । कोरोनाको जोखिम बढेको भन्दै सिटिईभिटी लगायत विश्व विद्यालयका सबै तहका परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणको खतरासंग विश्व नै त्रसित भईरहेका बेला नेपालमा पनि यसको तीब्र तयारी सुरु भएको छ ।

सरकारी,सामुदायिक तथा निजी क्षेत्रबाट संचालित सबै प्रकारका बाचलबिकास केन्द्रहरु,आधारभूत तथा माध्यामिक विद्यालयहरु,शैक्षिक प्रतिष्ठानहरु र विश्वविद्यालयहरुको पठनपाठन पनि चैतमसान्तसम्म बन्द गर्ने निर्ण भएको छ ।

यस्तै अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुबाट संचालन हुने सबैप्रकारका तालिम,गोष्ठीसभा सम्मेलन जस्ता कार्यक्रमहरु पनि चैत मसान्तसम्मका लागि गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।