काठमाडौँ ।
ब्लड ग्रुप ए भएका मानिसलाई ओ भएकालाई भन्दा कोरोनाभाइरस हुने सम्भावना बढी रहेको चिनियाँ शिक्षाविद्हरूले पत्ता लगाएका छन ।वुहानमा गरिएको एक अध्ययनले रगत ग्रुप ए हुनेहरू कोओभिड १९ बाट मर्ने सम्भावना पनि बढी रहेको पाइएको हो ।
उक्त अध्ययनमा ब्लड ग्रुप ए भएका मानिसहरू ४२ प्रतिशत र ओ ग्रुफ भएका २४ प्रतिशत देखिएको छ।अनुसन्धानकर्ताहरु संक्रमण रगतको प्रकारले किन फरक पर्छ भन्ने बारे छानबिन गर्न बाँकी छ ।
चीनका अन्वेषकहरूले हुबेको तीन अस्पतालबाट २,१७३ जना व्यक्तिमा गरीएको यो अन्वेषणमा भाइससको संक्रमण पछि २०६ जना मरेका थिए ।यस अध्ययनमा मरेका २०६ बिरामीहरूमध्ये ८५ जनामा ए प्रकारको रगत थियो, जुन सबै मृत्युको ४१ प्रतिशत बराबर थियो।
अध्ययनमा टाइप ओ का बिरामी ३८ प्रतिशत थिए जुन सबै मृत्युको एक चौथाई भाग बनाउँदछ ।कोरोनाभाइरस महामारीले विश्वभर लगभग २,००,००० मानिसहरूलाई संक्रमित गरिसकेको छ र ७,८०० भन्दा बढीको मृत्यु भइसकेको छ । चीनमा ३,००० भन्दा बढीको मृत्यु भएको छ ।
एजेन्सी
प्रतिक्रिया