निगमद्वारा मलेसियाको उडान स्थगित


काठमाडौं, (नेस)

नेपाल वायुसेवा निगमले मलेसियाको क्वालाम्पुरमा गर्दै आएको उडान हाललाई स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न मलेसिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएकाले क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको हो।

२०२० मार्च १७ तारिख र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने छ। २०२० मे ३० सम्म यात्रुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको निगमले जनाएको छ।