काठमाडौं, (नेस)
नेपाल मेडिकल काउन्सिलले चैत्र ८ मा लिने तयारी गरेको एमबीबीएस र बीडीएस तहको सरकारसँग अनुमती लिने (लाइसेन्स) परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको काउन्सिलको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध सतर्कता अपनाउन परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
काउन्सिलका प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले कोरोना भाइरसको संक्रमण विश्वयापी महामारी फैलिएको र नेपाल उच्च जोखिमको सूचीमा रहेको अवस्थामा सतर्कता नै पहिलो विकल्प हो भन्दै परीक्षा स्थगित गरेको बताउनुभयो।
परिक्षाका लागि १ हजार ६० जनाले आवेदन दिएका थिए। काउन्सिलले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको सल्लाहकै आधारमा स्थगित गर्ने निर्णय गरेको पनि डा. अधिकारीले बताउनुभयो।











प्रतिक्रिया