पनौतीमा लगाइएको कर्फ्यु राती ८ बजेदेखि हटाउने निर्णय

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेको पनौतीमा सोमबार टिपरले किचेर आमा छोरीको मृत्यु भएपछि बढेको तनावलाई लिएर मंगलबार बिहान ९ बजेदेखि जारी गरिएको कर्फ्यु अहिले ८ बजेदेखि खुलाउने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ ।

कर्फ्यु क्षेत्रमा प्रहरीले गरेको कडाईका कारण स्थानीय औषधी पसलहरु समेत बन्द भएका थिए । विरामीहरुले औषधी समेत खरिद गर्न नपाएको गुनासो गरेका छन् ।

पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।

त्यस्तै, बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ ।आमा छोरीका आफन्तले क्षतिपुर्ति भन्दा चालकलाई कानुन अनुसारको कडा कारवाहीको माग गरेका छन् ।