कोरोना भाइरसको खोप अमेरिकामा परीक्षण हुँदै


काठमाडौं, (नेस)

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलोपटक मानवमा परीक्षण हुन लागेको छ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा शुरू गर्न लागेको यो परीक्षणमा ४५ जना वयश्क अमेरिकी स्वयंसेवी सहभागी हुँदै छन्। खोप परीक्षण अमेरिकाको सियाटलमा सोमबार हुँदै छ। ती स्वयंसेवीले संक्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन्।

उक्त खोपमा वास्तविक कोरोना भाइरसको कुनै अंश छैन। त्यसमा मेसिन्जर आरएनएको सानो भाग भएको बताइएको छ। बिरामीको कोषलाई भाइरसको संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटिन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ।

पहिलो चरणमा कोरोना भाइसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ। परीक्षण गर्न लागिएको भ्याक्सिनलाई मेसिन्जर आरएनए–१२७३ नामकरण गरिएको छ। उक्त म्याक्सिन मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ। त्यो नयाँ परीक्षण सियाटलको काइसर पर्मानन्ट वासिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो।