बरामद मास्क तत्काल बिक्री गर्न निर्देशन


नेपाल समाचारपत्र, काठमाडौं । 

महान्यायाधिवक्ताको कार्यालयले कालोबजारी गर्ने व्यक्तिहरूबाट विभिन्न समयमा बरामद भएको मास्क तत्कालन बरामद गर्न प्रहरी प्रधानकार्यालयलाई निर्देशन दिएको छ।

बृहद् सार्वजनिक हित एवं जनस्वास्थ्यलाई ध्यानमा राखी महान्यायाधिवक्ताको कार्यालयले सोमबार यस्तो निर्देशन दिएको हो। महान्यायाधिवक्ता अग्नि खरेलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ को दफा २७ अनुसार निर्देशन दिइएको बताउनुभयो।

विश्वमा महामारीका रुपमा फैलिरहेको कोभिड–१९ बाट सुरक्षित हुन मास्क प्रयोग गर्नुपर्ने अवस्थाको फाइदा लिई कालोबजारी गर्ने क्रममा विभिन्न समयमा ११ लाख ७६ हजार बढी थान मास्क प्रहरीको विभिन्न युनिटले बरामद गरेको थियो।

बरामद मास्कहरू मुद्दाको कारबाहीका क्रममा मुद्दा हेर्ने निकायमा दशीस्वरुप पेस गर्दा बजारमा मास्कको अभाव भइरहने र अहिलेको विषम परिस्थितिमा त्यसको प्रयोग गर्न नसकिने अवस्था हुने हुँदा बृहद् सार्वजनिक हित एवं जनस्वास्थ्यलाई ध्यानमा राखी मुद्दा हेर्ने अधिकारीको अनुमति लिई बिक्री वितरण गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ।

बरामद मास्क साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थालाई बिक्री वितरण गर्न दिनु भनी निर्देशनसहित भनिएको छ– ‘बरामद मास्कहरूको हालको बजार मूल्यअनुसारको रकम साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थाबाट लिई सो रकम प्रहरीको धरौटी खातामा राखी उक्त मास्कहरु सो संस्थाले यकिन अभिलेख राखी अविलम्ब बिक्री वितरण गर्ने व्यवस्था मिलाउनू।’

अअअअअअअ