न्युज अफ नेपाल,काठमाडौं।
नेपालमा कोरोनाको उपचारमा संलग्न हुने डाक्टर र नर्सलाई उनीहरुको जोखिमलाई मध्यनजर गर्दै ७५ प्रतिशत भत्ता दिईने भएको छ ।आज (सोमबार) बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।
त्यस्तै कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता र अप्रत्यक्ष रुपमा संलग्न अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।
त्यस्तै बैठकले कोरोना संक्रमणको परीक्षण गर्ने स्वास्थ्यकर्मीका लागि २० हजार थान सेफ्टी किट (पीपीई) किन्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया