कोरोना संक्रमणको आशंकामा ग्राण्डी अस्पतालमा भर्ना गरिएका दुवै जनाको रिपोर्ट नेगेटिभ

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

कोरोना अर्थात् कोभिड १९ संक्रमणको आशंकामा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका दुवै जनामा कोरोना भाइरस नभएको पुष्टि भएको छ । उनीहरुमा कोरोना नभई एक जनामा स्वाइन फ्लू र अर्को एक जनामा निमोनिया भएको पाइएको छ ।

झापाबाट कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं ल्याइएका विरामी र अर्का काठमाडौंमै रहेका विरामीमा कोरोना भाइरस नभएको पुष्टि  भएकाे ग्राण्डी अस्पतालले जनाएको छ ।

विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशंकामा रिफर गरि काठमाडौं पठाइएको थियो। कोरोनाको आशंकामा उनको थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । फ्लूका कारण निमोनिया समेत भएका ती विरामीको आइसीयूमा राखेर उपचार भइरहेको छ ।