धारिलो हतियार प्रहार गरी आमाबाबुको हत्या गर्ने छोरा पक्राउ

0
Shares

न्युज अफ नेपाल, महेन्द्रनगर ।

आफ्नै आमाबाबुको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २६ वर्षीय भरत भण्डारी रहेको प्रहरीले जनाएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका जयलाल भण्डारी र उनकी श्रीमती धना भण्डारी गत फागुन १५ गते आफ्नै घरभित्र मृत भेटिएका थिए ।

हत्यामा संलग्न रहेका भरतलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरेको हो । भण्डारीले धारिलो हतियार प्रहार गरी बुबा र कान्छी आमाको हत्या गरेको अनुसन्धामा खुलेको छ । फागुन १३ गते मोटरसाइकलको ट्रायल दिन महेन्द्रनगर पुगेका भण्डारीकोे कान्छी आमासँग विवाद भएको थियो ।

कान्छी आमासँगको विवाद र पारिवारीक लेनदेनका कारण हत्या भएको प्रहरीले जनाएको छ ।