सार्वजनिक यातायात प्राधिकरण विधेयक पारित


काठमाडौ(नेस) ।

राट्रियसभाको आइतबारको बैठकले काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

 

यस्तै राष्ट्रियसभामा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ पेश भएको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले बैठकमा सो विधेयक पेश गर्नुभएको हो ।

 

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘पारमाणविक विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो ।