गण्डकी प्रदेशमा आरबीबी इम्पावरमेन्ट एकेडेमी शुरू


काठमाडौं, (नेस)
राष्ट्रिय वाणिज्य बैंकले युवा वर्गको लागि सामाजिक उत्तरदायित्वअन्तर्गत आरबीबी इम्पावरमेन्ट एकेडेमी चौथोे चरणको कार्यक्रम गण्डकी प्रदेशमा शुरू गरेको छ। फाइनान्सियल ट्रेनिङ सेन्टरको रूपमा अगाडि लैजाने उद्देश्यले शुरू गरिएको यस एकेडेमीबाट युवा वर्गलगायत सबैले लाभ लिन सक्ने बंैकको भनाइ छ।
 वित्तीय क्षेत्रमा रोजगारी पाउन तीन दिने टेक्निकल, बिहेबियर र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा  सञ्चालन हुनेछ। गण्डकी प्रदेश अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विद्यार्थी (कुनै प्रकारको काममा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आह्वान गरिएको छ।