सिभिल बैंकले सवारीमा सहुलियत कर्जा दिने


काठमाडौं, (नेस)
सिभिल बैंक र विवेक अटोमोवाइल्स्बीच व्यावसायिक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाइल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गर्नुभएको छ।
उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाइल्स्बाट पियाजियो ब्रान्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकलाई विवेक अटोमोवाइल्स्को सिफारिसमा सिभिल बैंकले ७० प्रतिशतसम्म ४ वर्षे कर्जा सुविधा प्रदान गर्नेछ।
सो कर्जा नेपाल राष्ट्र बैंकद्वारा जारी ६ प्रतित ब्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाद्वारा सञ्चालित व्यावसायिक फर्मलाई प्रदान गरिने छ। सो अनुदानपछि वार्षिक व्याजदर ६ दशमलव ९८ प्रतिशतमा सो कर्जा सुविधा प्रदान हुनेछ।