महालक्ष्मी विकास बैंकद्वारा सूचना बोर्ड प्रदान


काठमाडौं, (नेस)

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पीफो एलईडी सूचना बोर्ड जडान गरेको छ।

उक्त उपकरण बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल बहादुर थापालाई हस्तान्तरण गर्नुभएको थियो।

महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधिक क्रियाकलाप न्यूनीकरणमा मद्दत गर्ने उद्देश्यसहित बैंकले उक्त उपकरण जडान गरेको हो।