प्रभु बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालन 


काठमाडौं, (नेस)

प्रभु बैंकले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–४ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

धनुषास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टर धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदीपराज कँडेलले उद्घाट्न गर्नुभएको हो।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको प्रभु बैंकले धनुषा जिल्ला प्रशासन कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ।

प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ।

प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५८ वटा एटीएम, ४६ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्पmत् बैंकिङ सेवा प्रवाह गरिरहेको छ।