सब–इन्जिनियर पक्राउ


काठमाडौं, (नेस)

सेवाग्राहीसँग घूस लिएको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब–इन्जिनियर गणेश ठकुल्लालाई आइतबार नियन्त्रणमा लिएको छ। अख्तियारबाट प्राप्त जानकारीअनुसार ठकुल्लाद्वारा २० हजार रुपियाँ घूस लिइएको थियो।

ठकुल्लाले घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ता निकासा गर्ने प्रयोजनका लागि घूस मागेको आरोप लगाइएको छ। ठकुल्लालाई २० हजार रुपियाँसहित पक्राउ गरिएको उल्लेख गरिएको छ।