सार्क सक्रिय


काठमाडौं, (नेस) ।

कोरोना भाइरसको संक्रमणको विषयलाई लिएर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का प्रमुखहरूबीच भएको भिडियो कन्फरेन्ससँगै सार्क पुनः सक्रिय हुने विश्लेषण गर्न थालिएको छ।

चार वर्षअघि नै भइसक्नुपर्ने सार्कको १९औं शिखर सम्मेलन भारतीय प्रधानमन्त्री मोदीले नचाहपछि हुनसकेको थिएन।
२०७३ साल मंसिरमा इस्लामावादमा हुनुपर्ने १९औं शिखर सम्मेलन प्रधानमन्त्री मोदीले पाकिस्तानसँग मञ्च शेयर नगर्ने अडान राख्नुभएपछि रोकिएको थियो।

आतंकवादी हमलामा भारतीय सैनिक मारिएपछि भारतले पाकिस्तानमाथि आरोप लगाएर सार्क अवरुद्ध गरेको थियो। यस अवस्थामा भएको कन्फरेन्सलाई भारतीय प्रधानमन्त्री मोदीले सार्कलाई सम्झिएको रुपमा कूटनीतिक वृत्तमा हेरिएको छ।

त्यसैले यस्तो परिस्थितिमा सार्क जाग्ने हो कि भन्ने अनुमान शुरु भएको हो।