प्रचण्ड–प्रदेश प्रमुख भेटवार्ता


काठमाडौं, (नेस)

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरूले भेटवार्ता गरेका छन्। प्रदेश प्रमुखहरूले प्रचण्डसँग प्रदेशमा भएका समस्याबारे जानकारी गराएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो।

जवाफमा प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याका बारेमा पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताएको सापकोटाले जानकारी दिनुभयो।