मोदीले गरे कोरोनाविरुद्ध लड्न आपतकालीन कोषको प्रस्ताव,भारतले तत्काल १० मिलियन डलर दिने

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोनाविरुद्ध रणनीतिक योजना तय गर्ने उद्धेश्यले आयोजना गरिएको सार्क भिडियो कन्फरेन्समा भारतीय पधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रहरुमाझ कोभिड १९ इमर्जेन्सी फण्ड स्थापना गर्ने प्रस्ताव राखेका छन् ।

भारतको पहलमा भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो प्रस्ताव राखेका हुन् ।

उक्त फण्डमा भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिन बताए । यो रकम आपतकालीन कामाम जुनसुकै देशले प्रयोग गर्न सक्ने उनले बताए ।