न्युज अफ नेपाल, महेन्द्रनगर ।
कञ्चनपुरमा स्कुल बस दुर्घटना भएको छ ।
शुक्लाफाँटा नगरपालिका ११ अमरपुरमा रहेको युनिभर्सल बाल विद्या निकेतनको म १ ख ४२४ नम्बरको स्कुल बस दुर्घटना भएको हाे । दुर्घटनाग्रस्त स्कुल बसबाट ३० जना विद्यार्थीको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी ३ जना विद्यार्थी घाइते भएका छन् । घाइते विद्यार्थीको स्थानीय मेडिकल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
साघुरो सडकका कारण विद्यालय नजिकैको रहेको पोखरीमा बस पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार भएका छन् ।
फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया