रसुवाको बेत्रावतीमा हेल्प डेस्क स्थापना

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमणबाट बच्नका लागि बेत्रावतीमा हेल्प डेस्क स्थापना गरिएको छ।

उतरगया गाउँपालिकाको स्वास्थ्य शाखाले स्थापना गरेको सो हेल्प डेस्कमा रसुवाबाट बाहिरिने र भित्रिने यात्रुहरूलाई कोरोना भाइरस संक्रमण र बच्ने उपायबारे जानकारी गराइने छ ।

चैत २ गते आईतबारबाट सुरू गरिएको उक्त हेल्प डेस्कमा स्वास्थ्य सम्बन्धी स्वयम्सेवक खटाइने छ ।