ट्रिपरको ठक्करबाट भक्तपुरमा डेढ वर्षे बालकको मृत्यु 

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

ट्रिपरको ठक्करबाट चागुँनारायण ९ स्थित जय ब्रम्हायणी ईट्टाभट्टामा खेल्दै गरेका डेढ बर्षे बालकको मृत्यु भएको छ ।

आज बिहान उक्त ईट्टाभट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नं.को मिनी ट्रिपरले सोही ईट्टाभट्टामा काम गर्ने सर्लाही जिरायल घर भएका बर्ष १९ का ईश्वर मोक्तानको छोरा ढेड बर्षे बालक शिशिर मोक्तानलाई ठक्कर दिई गम्भीर घाईते बनाएको थियो । घाईते बालकलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी पुर्याउने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

सवारी साधन र सवारी चालक भक्तपुर नगरपालिका ९ च्यामासिंह बस्ने बर्ष ४० को श्याम फैजुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।