अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरस फैलिने जोखिम बढेपछि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ को संक्रमण रोकथामका लागि संकटकाल घोषणा गरिएको जनाएका छन् ।

ट्रम्पले आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्न थप ५० अर्ब डलरको राहत प्याकेज घोषणा गरेका थिए । उनले भने, ‘यो आर्थिक संकट होइन, यो संकट क्षणिक हो र यसलाई सबै मिलेर परास्त गर्न सकिन्छ’।

यस्तै, अमेरिकाले यूरोपेली देशका हवाई उडानमा ३० दिनका लागि रोक लगाएको छ । भाइरसको जोखिम बढेमा बेलायती हवाई उडानमा समेत केही समयका लागि रोक लगाउन सकिने बताइएको छ ।