प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सफल मिर्गौला प्रयारोपणको दस दिनपछि प्रधानमन्त्रीलाई आज त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो । मिर्गौला प्रयारोपणका लागि ओलीलाई १९ फागुनमा शिक्षण अस्पतालमा भर्ना गरीएको थियो भने २१ फागुनमा शल्यक्रिया सम्पन्न भएको थियो ।

दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका ओलीलाई पूर्ण रुपमा सञ्चो हुन अझै केही महिना लाग्ने चिकित्सकले बताएका छन् ।