आफैँले चलाएको बन्दुकको गोली लागेर घाइते

0
Shares

दुल्लु । दैलेखको नौमूले गाउँपालिका–२ का एक युवा आफैँले चलाएको बन्दुकको गोली लागेर घाइते भएका छन् ।

बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाही बन्दुक पड्काउँदा घाइते भएका हुन् । शाहीको खुट्टा र हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर सावदले बताउनुभयो । स्थानीयवासीले उद्धार गरी उपचारका लागि शाहीलाई जिल्ला अस्पताल पु¥याएका थिए ।

थप उपचारका लागि उहाँलाई प्रदेश अस्पताल, सुर्खेतमा लगिएको छ ।