एकैदिनमा ३ हजारले घट्यो सुन, ताेलाकाे ७८ हजार ५ सय

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

शु्क्रबार सुनको मूल्य तीन हजारले घटेको छ ।

बिहीबार प्रतितोला ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७८ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।