घरेलु रक्सीको अत्यधिक सेवनबाट पाँचको मृत्यु

0
Shares

न्युज अफ नेपाल, जनकपुर ।

 

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा घरमै बनाएको अत्यधिक रक्सी सेवनका कारण पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा रहेका छन्।

 

बुधबार ३ जनाको ज्यान गएकोमा बिहीबार थप २ को पनि ज्यान गएको प्रहरीले जनाएको छ। सुरुमा कालगतिले मृत्यु भएको भनिए पनि शुक्रबार बिहान अनुसन्धान गर्दा अत्यधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिनुभयो।

 

घरेलु रक्सीकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेका छन्। सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ। मृतककको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएका प्रहरीले जनाएको छ।