रुखको हाँगासँगै खसेर मृत्यु

0
Shares

तनहुँ, (नेस)

 

रुखको घाँस काट्ने क्रममा हाँगा भाचिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवघाट गाउँपालिका–५ देउतीखोला पुरानो बस्तीका ७० वर्षीय लालबहादुर बोटे रहनुभएको छ । बोटे करिब ३० मिटर तल खसेका थिए ।

 

भीमबहादुर अस्लामी मगरको ओइलानी जग्गामा रहेको साँजको रुखको घाँस काट्ने क्रममा हाँगा भाँचिएर बोटे खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

 

उहाँकाअनुसार बोटेको घटनास्थलमै मृत्यु भएको हो । पोस्टमार्टमका लागि बोटेको शव दमौली ल्याइएको छ भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।