सुन प्रतितोला ३ हजारले घट्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

शुक्रबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ७८ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, शुक्रबार तेजाबी सुन पनि तोलामा तीन हजार रुपैयाँले घटेर प्रतितोला ७८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ ।

 

बिहीबार छापावाल सुन प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी छापावाल सुन प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदी प्रति तोलामा ४० रुपैयाँले घटेर प्रति तोला ८ सय २० रुपैयाँमा कारोबार भैरहेके सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।